९० दिन अन्तरिक्षमा बसेर फर्किए तीन चिनियाँ नागरिक

पृथ्वीबाट तीन सय ८० किलोमिटर टाढा चीनले बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वीमा फर्किएका हुन्।

नेपाल भ्यूज

९० दिन अन्तरिक्षमा बसेर फर्किए तीन चिनियाँ नागरिक
एजेन्सी। चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्ष यात्री पृथ्वी फर्किएका छन्। अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किएका हुन्।
पृथ्वीबाट तीन सय ८० किलोमिटर टाढा चीनले बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वीमा फर्किएका हुन्।
चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो शन्जो–१२ अन्तरिक्ष यान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए ।
यी तीन चिनियाँ अन्तरिक्षयात्रीले शुक्रबार स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका विभिन्न समाचार एजेन्सीहरूले बताएका छन् ।
सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्ष यान उडेको थियो । अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घण्टौँसम्म अन्तरिक्षमा हिँड्ने गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved