नेपालमा ६६ प्रतिशत कोभिड खोप चीनको

१ करोड १८ लाख डोज आयो, ६० लाख आउँदै

नेपालभ्युज

नेपालमा ६६ प्रतिशत कोभिड खोप चीनको

काठमाडौं। कोभिड विरुद्धको लडाइँमा प्राथमिकतामा खोपलाई राखिएकोमा नेपालमा सबैभन्दा बढी खोप चीनबाट आएको छ। हालसम्म नेपाल भित्रिएकोमध्ये चीनबाट मात्रै ६६ प्रतिशत खोप आएको हो।

शुक्रबार थप ४४ लाख डोज खोपसहित चीनबाट आएको खोपको संख्या १ करोड १८ लाख पुगेको छ। शुक्रबार अहिलेसम्मकै ठूलो मात्रामा बेजिङ्ग इन्स्टिच्युट अफ बायोलोजिकल साइन्स साइनोफर्म उत्पादक कम्पनीले बनाएको भेरोसेल खोप नेपाल आएको हो।

उक्त खोप अर्को सातादेखि लगाउन शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ।

यसैगरी, चीनबाट थप ६० लाख डोज खोप आउने पक्का भएको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले बताए।

हालसम्म नेपालमा १ करोड ७७ लाख ५९ हजार डोज खोप आइसकेको छ। असोजसम्म थप एक करोड ५ लाख खोप आउने पक्का भएको र चैतसम्म ३ करोड २३ लाख खोप ल्याउने गरी प्रक्रिया अघि बढाइएको जानकारी ढुङ्गानाले दिए।

हालसम्म नेपालमा ६० लाखले कोभिडविरुद्धको पहिलो र ५५ लाखले दोस्रो मात्रा खोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved