शेयर बजारमा पहिरो

अर्थमन्त्री र गभर्नरको राजीनामा माग्दै लगानीकर्ता अनशनको तयारीमा

नेपालभ्युज

अर्थमन्त्री र गभर्नरको राजीनामा माग्दै लगानीकर्ता अनशनको तयारीमा

काठमाडौं। साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार राताम्मे देखिएको छ। आज ७६ दशमलव ६५ अंकले घटेर २८१२ दशमलव ३८ मा बजार बन्द भएको छ।  बैंक, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा कम्पनीलगायत १२ वटै क्षेत्रको शेयर ओरालो लागेको छ।

निरन्तर शेयर बजार घट्न थालेपछि लगानीकर्ताहरूले आमरण अनशनको तयारी गरेका छन्। अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा बजार सुधार तथा विस्तारका लागि १६ बुँदे माग राखेका लगानीकर्ताहरूले माग पूरा नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागी आमरण अनशनको तयारी गरेका हुन्।

आज नेपाल स्टक एक्सेन्ज (नेप्से) को प्रांगणमा आमरण अनशनका लागि पुगेका लगानीकर्तालाई प्रहरीले रोकेको छ। अनशनका लागि नेप्से कार्यालय पुगेका लगानीकर्तालाई निषेधित क्षेत्रमा अनशन बस्न प्रहरीले रोकेको हो।

आमरण अनसन बस्न लागिएको र माग पूरा नभए रिले अनशन गरिने शेयर लगानीकर्ता रोहन कार्कीले जानकारी दिए। प्रहरीले नेप्सेको कार्यालयमा अनशन बस्न रोकेपछि उपयुक्त क्षेत्र खोजी आजैदेखि शुरु गर्न लागिएको उनले जानकारी दिए।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट शेयरमा लगानीका लागि ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेको छ, जसको लगानीकर्ताहरूले विरोध गरिरहेका छन्।

यी हुन् लगानीकर्ताले राखेका १६ बुँदे माग

No description available.

No description available.

No description available.

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved