ओमानविरुद्ध रोहितको क्याच ‘भाइरल’

नेपालभ्युज

ओमानविरुद्ध रोहितको क्याच ‘भाइरल’

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजिन २ अन्तर्गत अस्ति मंगलबार भएको त्रिकोणात्कम एकदिवसीय सिरिजमा नेपाल पाँच विकेटले पराजित भयो। घरेलु टोलीले नेपाललाई हराएको उक्त खेलमा नेपालका ब्याटसम्यान रोहित कुमार पौडेलले समातेको एउटा क्याच यतिबेला भाइरलजस्तै बनेको छ।

रोहितले बाउन्ड्रीबाट जोगाएर गरेको सफल क्याचको भिडिओ आईसीसीले समेत आफ्नो फेसबुकमा शेयर गरेपछि यसले झनै चर्चा पाएको हो। खेलमा रोहितले बाउन्ड्री लाइनमा हाम फाल्दै आश्चर्यजनक तरिकाले बल समातेका छन्। ओमानले ब्याटिङ गरेको २६ औं ओभरमा जतिन्दर सिंहले कुशल मल्लको तेस्रो बलमा लग अनका लागि आकाशिएको सट प्रहार गरेका थिए।

जतिन्दरको सट देख्दा लाग्थ्यो बलले सजिलै बाउन्ड्री लाइन पार गर्नेछ, तर त्यस्तो भएन। रोहितले बललाई नियन्त्रणमा लिन सफल भए। उक्त बल समात्न रोहित बाउन्ड्री लाइनमा पुगे। र उनले उड्दै एक हातले बललाई बाउन्ड्रीको वारि फालिदिए र छलाङ मार्दै उडिरहेको बललाई अर्को हातले समात्न सफल भए। जुन क्याचका कारण जतिन्दर सिंह १०७ रन बनाएर पेभेलियन फर्कनुपर्‍यो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved