मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा १५ प्रतिशत छुट

निःशुल्क एम्बुलेन्स सेवा

नेपालभ्युज

मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं। काठमाडौंस्थित तीनकुनेमा रहेको कान्तिपुर अस्पतालमा उपचार गर्दा मेगा बैंकका कर्मचारीले १५ प्रतिशत छुट पाउने भएका छन्। अस्पताल र बैंकबीच निःशुल्क एम्बुलेन्स सेवासहित विशेष छुटको लागि सम्झौता भएको हो।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन्। आइसीयू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रियामा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved