माल्दिभ्सले नौ महिनामा आठ लाख पर्यटक भित्र्यायो

नेपालभ्युज

माल्दिभ्सले नौ महिनामा आठ लाख पर्यटक भित्र्यायो

माल्दिभ्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन्।

पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ।

अघिल्लो वर्ष सन् २०२० को तुलनामा १०४ दशमलव ४ प्रतिशतको दरले पर्यटकको सङ्ख्यामा वृद्धि भएको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा तीन महिना माल्दिभ्सको सीमानाका बन्द गरिएको थियो। त्यही कारणले अघिल्लो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको विश्लेषण गरिएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै अगस्ट महिनामा मात्रै एक लाख ४३ हजार ५९९ पर्यटक माल्दिभ्स भित्रिएका छन्। औसतमा दैनिक झण्डै चार हजार पर्यटक आउने गरको पनि मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

माल्दिभ्स भित्रिएका पर्यटकमध्ये सवैभन्दा धेरै पर्यटक भारतबाट आएको पनि तथ्यांकले देखाएको छ। कुल पर्यटकमध्ये २४ दशमलव ४ प्रतिशत पर्यटक भारतीय रहेको अधिकारीहरूले जनाएका छन्।

त्यसपछि धेरै पर्यटक रुसका छन्। रुसबाट २० दशमलव ४ प्रतिशत पर्यटक आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved