स्वास्थ्य सतर्कता अपनाएर विद्यालय खोल्न सकिने

नेपालभ्युज

काठमाडौं। विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्न सकिने भएको छ। स्वास्थ्य र शिक्षा मन्त्रालयसहित अन्य सरोकारवालाहरुको संयुक्त बैठकले यस्तो ठहर गरेको हो।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, कोभिड– १९ जोखिम नियन्त्रण केन्द्र (सीसीएमसी) प्रमुख बालानन्द शर्मा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायत निकायका सरोकारवाला सम्मिलित बैठकले नियमित विद्यालय खोल्ने निर्णय गरेको हो।

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय सुचारु गर्न सकिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्वास्थ्य मन्त्रालयमा ३० भदौमा बैठक बसेको हो।

विद्यालय खोल्नु अघि स्थानीय तह र नजिकका स्वास्थ्य संस्थासँग समन्वय गरेर कोरोना जोखिम आकलन गर्न जिल्लास्थित सीसीएमसीले सुझाए अनुसार गर्न भनिएको छ। त्यस्तै शिक्षक,विद्यार्थी र अभिभावकलाई संक्रमण जोखिम न्यूनिकरणबारे अभिमुखीकरणको तयारी गर्न निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए। उनका अनुसार विद्यालय खोल्ने/नखोल्ने निर्णय स्थानीय तहले गर्ने गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved