बलात्कार आरोपमा दुई पक्राउ

नेपालभ्युज

बलात्कार आरोपमा दुई पक्राउ
सांकेतिक तस्वीर

बनेपा। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गाडीभित्रै बालिकालाई जबरजस्ती करणी गर्ने चालक र सहचालक ट्रकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई जबरजस्ती करणी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मंगलबार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी १३ वर्षीया बालिकालाई गन्तव्यसम्म पुर्‍याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा-१२ साझा पेट्रोल पम्प अगाडि लगेर गाडीभित्रै जबरजस्ती करणी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।

बालिकालाई गन्तव्यसम्म नपुर्‍याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका-७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा गाडी चालक झापा हल्दीबारी-५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङ उर्लाबारी-१ का १८ वर्षीय निदीप धिमाल रहेका प्रहरीले जनाएको छ ।

घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश-२-०३-००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङबाट बीपी राजमार्ग हुँदै काठमाडाँैतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताए।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved