च्याम्पियन्स लिग फुटबल

बार्सिलोना र युनाइटेड हार्दा चेल्सी र युभेन्टस् विजयी

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका समूह चरणका खेलमा जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब चेल्सी र सिरी ए क्लब युभेन्टसले जित निकालेका छन्।

नेपालभ्युज

बार्सिलोना र युनाइटेड हार्दा चेल्सी र युभेन्टस् विजयी

काठमाडौं। च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका समूह चरणका खेलमा जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लब चेल्सी र सिरी ए क्लब युभेन्टसले जित निकालेका छन्।

यता, स्पेनिस जायन्ट बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भने पराजित भएका छन्।

क्रिस्टियानो रोनाल्डोको क्लब युनाइटेड योङ ब्वाइजसँग २१ गोलअन्तरले पराजित भयो। रोनाल्डोले शुरुवाती अग्रता दिलाएपनि युनाइटेड पराजित भएको हो।

युनाइटेडका लागि खेलको १३ औँ मिनेटमै रोनाल्डोले गोल गरेका थिए। तर, मौमी गामालेउ र थियोसेनले गोल गरेपछि ब्याइजले १० खेलाडीमा सीमित युनाइटेडमाथि जित दर्ता गर्यो।

यस्तै, स्पेनिस जायन्ट बार्सिलोनाले जर्मन बायर्न म्युनिखसँग ३० को हार व्यहोर्यो। बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे।

गएरातिकै अन्य खेलमा युभेन्टसले मल्मोमाथि ३० को नतिजा निकाल्यो। चेल्सीले रोमेलु लुकाकुको गोलमा जेनितमाथि १० को जित दर्ता गरायो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved