आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२

त्रिकोणात्मक क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने

क्यानसँग सम्झौता भएसँगै अब सिरिज अन्तर्गत नेपाल र ओमानबीचका खेल डिशहोमले प्रसारण गर्ने भएको छ।

नेपालभ्युज

त्रिकोणात्मक क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने भएको छ। डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघबीच प्रत्यक्ष प्रसारण सम्झौता भएको हो।

क्यानसँग सम्झौता भएसँगै अब सिरिज अन्तर्गत नेपाल र ओमानबीचका खेल डिशहोमले प्रसार गर्ने भएको छ। डिसहोमको एक्शन स्पोर्टस् एचडीमा खेलको प्रत्यक्ष प्रसारण हेर्न समिने छ।

प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौतामा डिशहोमका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार डिशहोम गो ओटीटी एपमा पनि खेलको प्रत्यक्ष प्रसारण हुनेछ।

प्रत्यक्ष प्रसारण हुने खेलहरु
नेपाल र अमेरिका बीच भाद्र २८ गते,
ओमान र नेपाल बीच भाद्र २९ गते,
ओमान र अमेरिका बीच भाद्र ३१ गते,
नेपाल र अमेरिका बीच असोज १ गते,
ओमान र नेपाल बीच असोज ३ गते र
र, ओमान र अमेरिका बीच असोज ४ गते ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved