एमसीसी उपाध्यक्ष सुमारसँग ठाकुर र महतोको भेट

नेपालभ्युज

एमसीसी उपाध्यक्ष सुमारसँग ठाकुर र महतोको भेट

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीकी उपाध्यक्ष फतेमा सुमारले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेकी छन्।

सुमार बसेको होटल मेरियटमा पुगेका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँग उपाध्यक्ष सुमारले भेटकी लोसपाले जनाएको छ । गत बिहीबार काठमाडौं आएकी सुमारले प्रधानमन्त्रीसहित सत्तापक्ष शीर्ष नेता तथा प्रतिपक्षी एमाले अध्यक्षसँग भेट गरेकी थिइन् ।

सुमार आज दिउँसो चार दिने नेपाल भ्रमण सकाएर अमेरिका फर्कँदै छिन् । एमसीसी सम्झौताको बारेमा नेपालका दलहरुसँग छलफल गर्न उनी काठमाडौं आएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved