अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल

बंगलादेशविरुद्ध खेल्दै नेपाल

नेपाल भ्यूज

बंगलादेशविरुद्ध खेल्दै नेपाल

काठमाडौं। नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। आज दिउँसो ५ बजे नेपालले बंगलादेशको सामना गर्न लागेको हो।

घरेलु मैदान दशरथ रंगशालामा खेल हँदैछ। यसअघि गत बिहीबार भएको पहिलो खेल नेपालले जितेको थियो। उक्त खेलमा नेपालले २–१ गोलअन्तरले जित दर्ता गरेको थियो।

नेपालका लागि दुवै गोल डेब्यू खेलाडीले गोल गरेका थिए। खेलको १४ औँ मिनेटमा सबिता रानाले गोल गरिन् भने २३ मिनेटमा प्रीति राईले थप एक गोल गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएकी थिइन्।

पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको नेपालले बंगलादेशमाथि दबाब राखेको थियो। तर दोस्रो हाफको ८४ औँ मिनेटमा बंगलादेशले एक गोल फर्कायो। बंगलादेशका लागि तोहुरा खातुनले गोल गरेकी थिइन्।

तीजको दिन नेपाली चेलीको जित

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved