नेपाल-बंगलादेश महिला अन्तर्राष्ट्रिय फुटबल

तीजको दिन नेपाली चेलीको जित

डेब्यू खेलाडीको सानदार प्रदर्शन

बंगलादेशी महिला टिमले अन्तर्राष्ट्रिय फुटबल म्याचमा हालसम्म नेपाललाई हराउन सकेको छैन। यसअघि खेलिएका ६ खेलमा नेपालले ५ खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो।

नेपालभ्युज

तीजको दिन नेपाली चेलीको जित

काठमाडौं। बिहीबार नेपाली हिन्दु नारिहरूको महान् चाड हरितालिका तीज। धेरैजसो नारीहरू आ–आफ्नो शैलीमा तीज मनाइरहेका थिए। तर हिजो नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण फुटबल खेलमा जित निकाल्दै इतिहास रचे।

डेब्यू गरेका २ खेलाडीले नै गोल गरेपछि तीजको दिन नेपाली महिला टिमले मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशलाइ २–१ गोल अन्तरले पराजित गर्‍यो। यो जितसँगै नेपाली महिला फुटबल टिमले बंगलादेशसँगको आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। फुटबलका यी चेलीहरूले भलै तीज माने या मनेनन्, तर आफ्नो धर्म भने निभाए।

डेब्यू खेलाडीको सानदार प्रदर्शन

बिहीबार नेपाली राष्टिय महिला फुटबल टिम दशरथ रङ्गशालामा पहिलो पटक फिफाको मान्यताप्राप्त अन्तर्राष्ट्रिय खेल खेल्न उत्रेको थियो। नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले दुई युवा खेलाडी सबिता राना र प्रीति राईलाई डेब्यू गराउँदै नेपाललाई बंगलादेशविरुद्ध उतारे। र मजाको कुरो, पहिलो पटक राष्ट्रिय टिमबाट खेलिरहेका यी दुवै खेलाडीले पहिलो हाफमा गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए।

कोभिडका कारण धेरै लामो समयपछि यी दुवै टिम मैदानमा फर्किएका थिए। बंगलादेशी महिला टिमले अन्तर्राष्ट्रिय फुटबल म्याच नखेलेको करिब साढे दुई वर्ष भइसक्यो।

सन् २०१९ को मार्चमा नपालमै भएको साफ च्याम्पियनसिपयता बंगलादेशी महिला टिम मैदानमा उत्रको छैन।

त्यसैगरी नेपाली महिला टिमले पनि अन्तर्राष्ट्रिय म्याच नखेलेको करिब दुई वर्ष नै हुन लाग्यो। अन्तिम पटक सन् २०१९ को डिसेम्बरमा पोखरामा भएको दक्षिण एसियाली खेलकुदको महिला फुटबलतर्फ नेपालले फाइनल खेलेको थियो। जुन खेलमा नेपाल भारतसँग २–० ले पराजित भएको थियो।

दशरथ रंगशालामा भएका थोरै दर्शकमाझ खेलमा दुवै टिमले शुरुआतदेखि नै आक्रमक रणनीति अपनाए। खेलको १४ औं मिनेटमा ने नेपाल खाता खोल्न सफल भयो। डेबुट्यान्ट स्ट्राइकर सबिता रानाले विमला चौधरीको पासमा हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।

यसको ९ मिनेटपछि नै नेपालले अग्रता दुगुना पार्‍यो। सरु लिम्बूको पासमा डेब्यू गरेकी अर्की खेलाडी प्रीति राईले पेनाल्टी बक्स बाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत भयो। उनी नै खेलको उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

मात्र सन् २०१० देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको बंगलादेशी महिला टिमले पहिलो खेल नै नेपालसँग खेलेको थियो। जुन खेल नेपालले १-० ले जितेको थियो। नेपाली महिला टिमले भने सन् १९८६ देखि नै अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।

आफ्नो स्टार स्टाइकर सावित्रा भण्डारी (साम्बा) बिना मैदानमा उत्रको नेपालले युवा खेलाडी सहितको टिमलाई मैदानमा उतारेको थियो। सात खेलाडीले पहिलो पटक राष्टिय टिममा स्थान पाउँदा चार जनाले बिहीबार डेब्यू गरे। खेलको दोस्रो हाफमा मैदान छिर्दै सिर्जना सिह र रश्मी कुमारी घिसिङले पनि पहिलो पटक राष्ट्रिय टिमबाट खेल्नुको मजा लिए।

साम्बा हाल घुँडाको चोटको उपचारका लागि कतारमा छिन्। गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा उनको घुँडामा चोट लागेको थियो। घुँडाको शल्यक्रियापछि कतार हस्पिटलमा आराम गरिरहेकी सावित्रा यो टिमका लागि उपलब्ध हुन सकिनन्। साम्बा पूर्ण रुपमा ठिक हुन अझ केही समय लाग्ने बताइएको छ।

इतिहासमा कमजोर बंगलादेशको सुधारिएको खेल

खेलको पहिलो हाफमा नेपालले एकोहोरो दबाब दिइरहयो भने बंगलादेशले गोलका लागि एउटा पनि ‘सट अन टार्गेट’ बनाउन सकेन।

बंगलादेशी महिला फुटबल टिम तुलनात्मक रूपमा नेपाली टिमभन्दा कमजोर मानिन्छ। हुन त बंगलादेशको महिला टिमको इतिहास त्यति लामो पनि छैन। मात्र सन् २०१० देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको बंगलादेशी महिला टिमले पहिलो खेल नै नेपालसँग खेलेको थियो। जुन खेल नेपालले १-० ले जितेको थियो। नेपाली महिला टिमले भने सन् १९८६ देखि नै अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।

बंगलादेशी महिला टिमले अन्तर्राष्ट्रिय फुटबल म्याचमा हालसम्म नेपाललाई हराउन सकेको छैन। यसअघि खेलिएका ६ खेलमा नेपालले ५ खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो।

आजसम्म भएका खेलमा खेलमा नेपालविरुद्ध बंगलादेशी महिला टिमले २ गोल मात्र गर्न सकेको छ। नेपालले बंगलादेशसँग जितेका पाँचै खेलमा क्लिन सिट कायम गरेको थियो। हिजोको खेलमा बंगलादेशले नेपालविरुद्ध दोस्रो गर्न सफल भयो। यसअघि उसले सन् २०१८ मा २०२० को ओलम्पिक छनोटका लागि म्यानमारमा भएको खेलमा बराबरी हुँदा गोल गर्न सफल भएको थियो। उक्त खेलमा नेपालविरुद्ध उसले १-१ को बराबरी गरेको थियो।

पहिलो हाफमा २-० ले पछि परे पनि बंगलादेशले डिफेन्सिभ खेल भने खेलेन। अधिकांश १६ देखि १८ वर्षका युवा खेलाडी रहेको उसले दोस्रो हाफमा भने केही मौकाहरू बनायो। जसलाई नेपाली गोलरक्षक अन्जली सुब्बाले विफल पारिरहेकी थिइन्।

तर निर्धारित समयको खेल सकिन मात्र ६ मिनेट बाँकी छँदा बंगलादेशले एक गोल फर्कायो। मैदान छिरेको एक मिनेट पनि नबित्दै सब्सटिच्यूट खेलाडी तोहुरा खातुनको प्रहार नेपाली डिफेन्डरलाई लागेर बल डिफ्लेक्ट हँदै गोलमा परिणत भयो।

यसपछि पनि बंगलादेशले बराबरी गोल फर्काउन प्रयास गर्‍यो तर सकेन र २-० ले पराजित भयो। खेलपछि बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानिले भने, “खेल प्रतिस्पर्धात्मक भयो, खेल राम्रो खेले पनि पहिलो हाफमा गेरेको दुई गल्तीमा गोल खान पुग्यौं। अर्को खेलमा यो गल्तीलाई सुधारेर राम्रो प्रदर्शन गर्नेछौं।”

नेपालको लागि भने दास्रो हाफमा शुरुआततिरै प्रीति राईले र ७० औं मिनेटमा विमला चौधरीले गोल गर्ने २ राम्रा मौका खेर फालेका थिए। जसले गर्दा गोलअन्तर बढ्न सकेन।

नेपाली प्रशिक्षक ग्यारी फिलिप्स भन्छन्, “खेलाडीको यो प्रदर्शनबाट खुशी छु, तर सोचेअनुरूप अझ खेल्न सकेनौं। दोस्रो हाफमा धेरै संघर्ष गर्नुपर्‍यो। करिब दुई वर्षपछि पहिलो पटक खेलेको खेलको नतिजाबाट म सन्तुष्ट नै छु।”

महिला तर्फको फिफा वरीयतामा नेपाल बंगलादेशभन्दा ३६ स्थान माथि छ। नेपालको फिफा वरीयता क्रम १०१ हो भने बंगलादेश १३७ औं स्थानमा छ। पछिल्लो पटक यी दुईबीच सन् २०१९ को साफ च्याम्पियनसिपमा भेट भएको थियो। विराटनगरमा भएको खेलमा नेपाल ३-० ले विजयी भएको थियो।

दक्षिण एसियामा बलियो टिम मध्यको एक नेपाल

दक्षिण एशियामा नेपाली महिला फुटबल टिमलाई भारतपछिको बलियो टिम मानिन्छ। यो क्षेत्रमा नेपाललाई टक्कर दिन सक्ने र एक मात्र प्रमुख प्रतिद्वन्द्वी भारत नै हो। साफ च्याम्पियनसिपमा नेपाल चार पटक फाइनलमा र १ पटक सेमिफाइनलमा भारतसँग मात्र पराजित भएको छ। त्यसैगरी दक्षिण एशियाली खेलकुदको महिला फुटबल तर्फको हालसम्मको तीन फाइनलमा नेपाल भारतसँग नै तीनै पटक नै पराजित भएको थियो।

तुलनात्मक रुपमा नेपाली टिमभन्दा कमजोर मानिए पनि हाल युवा खेलाडीलाई बढी महत्व दिँदै बंगलादेशले प्रतिस्पर्धी टिम बनाएको बताएको थियो। सोअनुरूप नै बंगलादेशी अन्तिम समयसम्म घरेलु टिमविरुद्ध खेलिरह्यो।

महिला तर्फको फिफा वरीयतामा नेपाल बंगलादेशभन्दा ३६ स्थान माथि छ। नेपालको फिफा वरीयता क्रम १०१ हो भने बंगलादेश १३७ औं स्थानमा छ। पछिल्लो पटक यी दुईबीच सन् २०१९ को साफ च्याम्पियनसिपमा भेट भएको थियो। विराटनगरमा भएको खेलमा नेपाल ३-० ले विजयी भएको थियो।

अब नेपाल र बंगलादेशी महिला राष्टिय फुटबल टिमबीच दास्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुनेछ। नेपाली महिला फुटबल टिम अर्को हप्ता उज्वेकिस्तानमा हुने एएफसी महिला एसिएन कप फुटबल २०२२ को छनोट प्रतियागिता खेल्ने तयारीमा छ।

त्यो प्रतियागिताको तयारीस्वरुप अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशी महिला फुटबल टिमलाइ मैत्रीपूर्ण खेलका लागि बोलाएको हो।

६ हप्तादेखि तयारीमा रहेको नेपाल एएफसी महिला एसिएन कप फुटबल २०२२ को छनोट प्रतियागिताको ग्रुप ‘एफ’मा छ। ग्रुप एफमा नेपालसहित फिलिपिन्स र हङकङ छन्। छनोट प्रतियागितामा नेपालले आउँदो असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। ग्रुप ‘जी’मा रहेको बंगलादेशले भने जोर्डन र इरानसँग छनोट खेल खेल्नेछ।

नेपाली महिला राष्टिय फुटबल टिमले तीन पटक एशिएन कप फुटबल प्रतियागिता खेलिसकेको छ। सन् २००० अगाडि खेलिएका ती सबै खेलमा नेपालको यात्रा समूह चरणसम्मको मात्र थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved