चाडपर्व लक्षित टिभिएसको उपहार योजना

नेपालभ्युज

चाडपर्व लक्षित टिभिएसको उपहार योजना

काठमाडौं। दशैं तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै टिभिएसले विशेष प्याकेज सार्वजनिक गरेको छ। ‘टिभिएस ६ प्राइजको सरप्राइज’ योजना मार्फत ग्राहकले विभिन्न उपहार प्राप्त गर्नेछन्।

६ पटकसम्म उपहार जित्न मिल्ने योजना छन्। ग्राहकले टिभिएसका विभिन्न मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल आकर्षक उपहार प्राप्त गर्ने बताइएको छ। यो योजनामा ६ पटकसम्म पुरस्कारको अवसर प्राप्त गर्ने र ग्राहकले कुनै साधन नकिनी एक लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीको दाबी छ।

सवारी खरिदमा अधिकतम १० लाख रुपैयाँसम्मको नगद हात पर्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यस योजनामा हरेक हप्ता ‘शत प्रतिशत क्यास ब्याक’ को अफर राखिएको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिता पाउनेछन्।
योजना अवधिभर १० लाख रुपैयाँसम्मको नगद, शतप्रतिशत क्यास ब्याक, टिभिएस अपाची आएआए ३१० र प्रोटोन सागा कारका विजेताको छनोट गोलाप्रथाद्धारा हुनेछ।

यही १६ गते सुरु भएको यो योजना छठ पर्वसम्म जारी रहने कम्पनीले जनाएको छ। यो योजना मुलुकभरका सम्पूर्ण टिभिएस सोरुममा उपलब्ध हुने बताइएको छ। जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर एक सय ३२ भन्दा बढी डिलरको राष्ट्रव्यापी वितरण सञ्जाल रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved