पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु

नेपालभ्युज

पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन्। यही समयमा १० हजार नाै सय १६ जनामा कोरोना परीक्षण गर्दा १ हजार १ सय ४६ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार ८ हजार ५ सय ४९ जनाको पीसीआर र २ हजार ३ सय ६७ जनाको एन्टीजेन विधिबाट कोरोना जाँचिएको हो।

यही अवधिमा १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्यांकमा समावेश छ। यसैबीच भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ।

तथ्यांकअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय संक्रमितको संख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ।

तर हिजोको तुलनामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने वृद्धि भएको छ। हिजो कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो भने आज २१ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved