अर्थमन्त्रीको स्पष्टीकरण : शेयरका विषयमा गभर्नरसँग कुरा भएको छैन

नेपालभ्युज

अर्थमन्त्रीको स्पष्टीकरण : शेयरका विषयमा गभर्नरसँग कुरा भएको छैन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारको विषयमा गभर्नरसँग कुरा नभएको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले शेयर बजारमा आएको उतारचढावको विषयमा गभर्नरसँग कुरा नगरेको दाबी गरेका हुन्।

‘‘मैले गभर्नरसमक्ष फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर त्यो सत्य होइन,’’ अर्थमन्त्री शर्माले बताए। उनले बजारमा भएको आन्तरिक घोटालाका विषयमा उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा समिति गठन गरी छानबिन शुरु गरेको बताएका छन्।

गत आइतबार शेयर बजार ऐतिहासिक अंकले घटेको थियो। आइतबार कारोबार घटेपछि गभर्नरको राजीनामा माग्दै लगानीकर्ताहरू अर्थ मन्त्रालय पुगेका थिए। सोही दिन अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा देखिएको समस्या समाधानका लागि अनुरोध गरेको समाचार प्रकाशित भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved