अर्थमन्त्रीलाई सांसद सुवालको प्रश्न : कसको स्वार्थले गभर्नरलाई फोन गर्नुभयो?

अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा देखिएको समस्या समाधान गर्न अनुरोध गरेका थिए।

नेपालभ्युज

अर्थमन्त्रीलाई सांसद सुवालको प्रश्न : कसको स्वार्थले गभर्नरलाई फोन गर्नुभयो?

काठमाडौँ।  नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले शेयर बजारमा अर्थमन्त्री जनार्दन शर्माले गरेको हस्तक्षेपको जवाफ मागेका छन्।

अर्थमन्त्रीको फोनले सोमवार शेयर बजार उच्च अंकले बढेको थियो भने आफ्नो सीमा नाघेको भन्दै गभर्नर शर्माको चौतर्फी आलोचना भएको थियो। सोही विषयमा प्रश्न गर्दै सांसद् सुवालले संसद्मा सभामुख अग्नि सापकोटासँग अर्थमन्त्रीको जवाफ माग गरेका हुन्।

‘‘केही दिनअघि अर्थमन्त्रीले ३७ लाख शेयर कारोबार गर्ने मान्छे रहेकोमा सय जनाले मात्रै फाइदा उठाएको भन्नुभयो,’’ सांसद् सुवालले भने, ‘‘तर पछि बजार घटेपछि कसको स्वार्थले फोन गर्नुभयो? अर्थमन्त्रीको फोनले शेयर मूल्य बढ्छ?’’

यसैगरी, उनले शेयरमा भएको आर्थिक घोटालाको विषयमा पनि चासो राखेका थिए।

गत आइतबार शेयर बजार ऐतिहासिक अंकले घटेको थियो। आइतबार कारोबार घटेपछि गभर्नरको राजीनामा माग्दै लगानीकर्ताहरू अर्थ मन्त्रालय पुगेका थिए। सोही दिन अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर शेयर बजारमा देखिएको समस्या समाधान गर्न अनुरोध गरेका थिए।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन कर्जाको सीमा १२ करोडसम्मको मात्रै हुने व्यवस्था गरेकोमा सोही कारण बजार प्रभावित भएको लगानीकर्ताहरूको बुझाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved