फेसबुकले ल्यायो फोटो र भिडियो खिच्न मिल्ने स्मार्ट चश्मा

यसअघि स्न्यापच्याटले उत्पादन गरेको स्मार्ट चश्माबाट प्रभावित भएर फेसबुकले उक्त उपकरण निर्माण गरेको हो।

नेपालभ्युज

फेसबुकले ल्यायो फोटो र भिडियो खिच्न मिल्ने स्मार्ट चश्मा

एजेन्सी। अमेरिकी बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी फेसबुकले माइक्रोफोन सहितको स्मार्ट चश्मा ल्याएको छ। विलासी चश्मा ब्राण्ड रे–बनसँगको सहकार्यमा फेसबुकले दुईवटा क्यामेरासहितको फोटो खिच्न मिल्ने चश्मा सार्वजनिक गरेको हो।

बिहीबार सार्वजनिक उक्त चश्माले ३० सेकेन्डसम्मको छोटो भिडियो पनि खिच्ने कम्पनीले जनाएको छ। यसैगरी, उक्त चश्माद्वारा संगीत सुन्नका साथै वायरलेस प्रविधिमार्फत फोन कल पनि गर्न मिल्छ।

फोटो र भिडियो खिच्न मिल्ने भएपनि चश्माबाट ती सामग्रीलाई सोझै फेसबुकमा पोष्ट गर्न भने मिल्दैन। एपमार्फत् पहिले फेसबुकमा चश्माले खिचेका फोटो र भिडियोहरू फोनमा पठाउनपर्छ।

चश्माको दुवै डण्डीमाथि ५ मेगापिक्सेलको क्यामेरा राखिएकोमा त्यसको गुणस्तर उत्कृष्ट भएको कम्पनीले बताएको छ। यसैगरी, फोन कल तथा संगीत एवं पोडकास्ट सुन्नका लागि चश्माको डण्डीमा स्पीकर राखिएको छ।

अडियो र भिडियो उत्कृष्ट दाबी गरिएको यो चश्माको अवधारणा भने नौलो होइन। यसअघि स्न्यापच्याटले उत्पादन गरेको स्मार्ट चश्माबाट प्रभावित भएर फेसबुकले उक्त उपकरण निर्माण गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved