अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल

बंगलादेशमाथि नेपालको जित

नेपालभ्युज

बंगलादेशमाथि नेपालको जित

काठमाडौं । बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले जित हासिल गरेको छ।

बिहीबार (आज) साँझ साढे  पाँच बजे शुरु भएको खेलमा नेपालले २-१ गोलअन्तरले जित दर्ता गरेको हो। नेपालले पहिलो हाफमा बनाएको २ गोलको अग्रता कायमै राखेको हो।

नेपालका लागि आजको खेलबाटै डेब्यू गरेका दुवै खेलाडीले गोल गर्न सफल रहे। १४ मिनेटमा सबिता रानाले गोल गरिन् भने २३ मिनेटमा प्रीति राईले थप एक गोल गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएकी हुन्।

पहिलो हाफमा निकै राम्रो प्रदर्शन गरेको नेपालले बंगलादेशमाथि दबाब राखेको थियो। तर दोस्रो हाफको ८४ मिनेटमा बंगलादेशले एक गोल फर्कायो। बंगलादेशका लागि तोहुरा खातुनले गोल गरिन्।

आजको खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दुई नयाँ खेलाडीलाई शुरुआती ११ मा समावेश गरेका थिए। जसमा  एएफसी वुमन्स एशियन कपको तयारी गरिरहेको नेपालले आइतबार पनि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved