साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

साना विद्युतीय यातायात व्यवसायीहरुले आफूलाई पायक पर्ने नजीककका शाखाबाट सहुलियतपूर्ण कर्जा लिन सक्नेछन्।

नेपालभ्युज

साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्वन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ।

काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार, नेको इनर्जी सोलुसनसँग आवद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई बैंकले स्वरोजगार तथा व्यवसाय संचालनका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ। कर्जाका लागि नेको इनर्जि सोलुसनले व्यवसायीको नाम मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ।

बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाअनुसार साना विद्युतीय यातायात व्यवसायीहरुले आफूलाई पायक पर्ने नजीककका शाखाबाट सहुलियतपूर्ण कर्जा लिन सक्नेछन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved