उपत्यकामा २० वटा बिजुली बस थप्दै सुन्दर यातायात

नेपालभ्युज

उपत्यकामा २० वटा बिजुली बस थप्दै सुन्दर यातायात

काठमाडौं। निजी क्षेत्रबाट पहिलोपटक बिजुली बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिले उपत्यकामा २० वटा बस थप्ने भएको छ। खरिदको सबै प्रक्रिया सकिएको बताउँदै कम्पनीका अध्यक्ष भेषबहादुर थापाले २५ दिनमा बस आइपुग्ने जानकारी दिए।

उपत्यकामा २०३२ देखि २०५८ सम्म ट्रली बस सञ्चालन भएको थियो। ट्रली बसको दुखद अन्त्य भएको १८ वर्षपछि सुन्दरले २०७६ भदौदेखि उपत्यकामा विद्युतीय यातायातको पुनरागमन गरेको थियो।

चिनियाँ कम्पनी बीएकेले उत्पादन गरेका २ वटा बसबाट सेवा शुरु गरेको सुन्दरले हाल चक्रपथमा ३ र ‘भक्तपुर–रत्नपार्क’ रूटमा एउटा गरी ४ वटा बस सञ्चालन गरिरहेको छ। बस सेवा शुभारम्भ गर्दाताका एक वर्षभित्र कम्पनीले २० वटा बस सञ्चालनको घोषणा गरेको थियो।

तर नयाँ बस ल्याउन कोभिडका कारण निर्धारित समयभन्दा केही ढिलाइ भएको कम्पनीका अध्यक्ष थापाले बताए। “करिब ११ करोड रुपैयाँ लागतमा २० वटा बस खरिद गरेका छौँ,” उनले भने, “कम्पनीले असोज दोस्रो सातासम्ममा बस पठाउने बताएको छ।”

६ महीनाभित्र विद्युतीय बस संख्या सय वटा पुर्‍याउने लक्ष्य लिइएको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved