काठमाडौं । सांसद माया ज्ञवाली एमालेको संसदीय दलको बैठकमा उपस्थित भएकी छन्।
पार्टी विभाजन हुँदा नेकपा एकीकृत (समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेकी ज्ञवाली आज बानेश्वरमा बसिरहेको एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी हुन्।
माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेकी संघीय सांसद ज्ञवालीले ८ भदौमा एकीकृत समाजवादीमै सनाखत गर्न पाऊँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिइन्।
निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने भएको छ। उनीहरू अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित थियो।
ज्ञवाली नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख स्वर्गीय जीवराज आश्रितकी श्रीमती हुन्।
Facebook Comment
Comment