गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

नेपालभ्युज

गण्डकी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं । आज (बुधबार) देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ। आज राति देशभर सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जन र चट्याङका साथै मध्यम वर्षा हुने विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै बाग्मती प्रदेशका एक-दुई स्थानमा पनि राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायमै रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

बितेको २४ घणटामा जिरीमा सबैभन्दा बढी वर्षा भएको विभागले जनाएको छ। सुदूरपश्चिमका केही स्थानमा बाहेक देशैभर हिजो वर्षा भएको र भोलि पनि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved