स्वस्थ जीवन

कसले गर्न हुँदैन रक्तदान ? यस्तो छ डाक्टरको सल्लाह

रक्तदान जीवनदान हो तर चाहँदैमा सबैले रक्तदान गर्न मिल्दैन । स्वस्थ, उमेर पुगेका व्यक्तिले पनि रक्तदान गर्नेबेलामा सावधानी भने अपनाउनैपर्छ ।

नेपाल भ्युज

कसले गर्न हुँदैन रक्तदान ? यस्तो छ डाक्टरको सल्लाह
सांकेतिक तस्वीर

काठमाडौं। ‘रक्तदान-जीवनदान’ मन्त्र नै बनिसकेको छ। जीवन सञ्चालनको महत्वपूर्ण पदार्थ हो- रगत, जसले पोषक तत्व र प्राणवायु अक्सिजनलाई शरीरका कोषहरूमा पुर्‍याउँछ।

त्रिशुली अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा.दीपेन्द्र पाण्डे भन्छन् “शरीर चलाउने भनेकै रगतले हो, जीवन प्रवाह गर्ने नै रगतले हो।”

उपचारका क्रममा मानिसहरूलाई विभिन्न कारणले अतिरिक्त रगतको आवश्यकता हुन्छ। आवश्यक रगत सहजै उपलब्ध होस् भनेर देशभर ब्लड बैंकहरू सञ्चालनमा छन्। तर, भनेको बेलामा खोजेको रक्त समूहको रगत नपाउन सकिन्छ।

त्यसैले विभिन्न संस्थाहरूले रक्तदान कार्यक्रम गरिरहेका हुन्छन्। त्यसरी रगत दान गर्नु अवश्यक पनि पुण्यको काम हो, मानव धर्म हो। तर, चाहँदैमा सबै मानिसले रक्तदान गर्न भने सक्दैनन्।

रक्तदान गर्न नमिल्ने व्यक्तिले रक्तदान गर्नु आफैँलाई हानी निम्त्याउनु हो। डा. पाण्डेका अनुसार निम्न बमोजिमका मानिसले रक्तदान गर्न हुँदैन।

  • १८ वर्ष नपुगेका बालबालिकाहरू
  • ६० वर्षभन्दा बढी उमेरका व्यक्ति
  • उमेर पुगेर पनि कम तौल भएका मानिस
  • उच्च रक्तचाप भएमा
  • मुटुमा समस्या भएमा
  • मधुमेहका रोगी
  • कलेजो र मिर्गौलामा समस्या भएमा
  • लामो समयदेखि औषधि सेवन गरिरहेको भए
  • रक्तअल्पता भएमा
  • गर्भवती, स्तनपान गराइरहेकी सुत्केरीआमा
  • महिनावारीको समयमा
  • रक्तदान गर्ने बेलामा हेमोग्लोबिनको मात्रा ११ प्रतिशतभन्दा कम भएमारक्सी सेवनको गरेको २४ घण्टाभित्र

सावधानीको उपाय
डा. पाण्डेका अनुसार माथी उल्लेखित समस्या नभएमा पनि रक्तदान गर्नुअघि रक्तदाताले रक्तचाप गराउनुपर्छ। रक्तचाप सामान्य भएमात्र रक्तदान गर्नुपर्छ। डा. पाण्डेका अनुसार रक्तदान गर्नुअघि अपनाउनैपर्ने सावधानीका उपाय यस्ता छन्ः

  • रक्तदान गर्ने बित्तिकै नउठ्ने
  • रक्तदान गरिसकेपछि केहि नुनीलो खाने कुरा खाने
  • रक्तदान गरेपछि करिब २० मिनेट जति आराम गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved