काठमाडौँ। सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन्।
गभर्नर अधिकारीले सेयर बजारमा नकारात्मक असर पार्ने गतिविधि गरेको र नियोजित रूपमा सेयर बजार घटाएको आरोपसहित पुँजीबजार सुधार संघर्ष समितिले उनको राजीनामा मागेको हो।
आइतवार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा रामकृष्ण ढकालको संयोजकत्वमा लगानीकर्ताहरुले गभर्नर अधिकारीको राजीनामासहित १५ बुँदे मागपत्र पेश गरेका छन्।
यसैगरी उक्त समितिले मौद्रिक नीतिमार्फत मार्जिन कर्जामा लगाइएको १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरूलाई लाभांश वितरणमा लगाएको क्याप हटाउनुपर्ने, प्रोभिजिङको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायत माग राखेको छ।
आइतबार नेप्से सूचक इतिहासकै भारी अंक १४७.०३ प्रतिशतसम्मले घटेपछि ४० मिनेट कारोबार रोक्का गरिएको थियो।
Facebook Comment
Comment