‘७६१ वटा सिंहदरबार देशले थेग्न सक्दैन’

नेपालभ्युज

‘७६१ वटा सिंहदरबार देशले थेग्न सक्दैन’
फाइल तस्वीर

काठमाडौँ।् पूर्वमन्त्री प्रभु साहले ७६१ वटा सिंहदरबारको भार देशले थेग्न नसक्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित काठमाडौ-प्रदेश २ सम्पर्क मञ्चसँगको छलफलमा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ वटा सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे।

क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरूमा ५०-६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत ढंगले सयौं सरकार जन्माइएको टिप्पणी गरे।

उनले संसारमा कहीँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाँट नेपालमा मात्र रहेको, अरू देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाहरू नेपालमा मात्र रहेकाले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे।

“संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा छ। संघीयताको मजाक बनाउने ७६१ वटा सरकार नेपालमा छ। दर्जनौं संवैधानिक निकाय नेपालमा मात्र छ। संसारमा काहीँ नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ। नाङ्गै रूपमा पक्षपातपूर्ण राजस्व बाँडफाँट नेपालमा मात्र छ। अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिने व्यवस्था नेपालमा छ,” पूर्वमन्त्री साहले भने, “देशलाई खोक्रो बनाउने यस्ता व्यवस्था राखेर महान् कार्य गर्‍याैं भन्न अलिकिति पनि लाज नमान्नेहरू पनि छन्। ”

समग्रमा वर्तमान खिचडी संविधानमा लादिएका कयौं व्यवस्थाका कारण आज देशमा अस्थिरताको शुरुआत भएको उनको तर्क थियो। देशलाई समृद्ध र स्थिर बनाउने हो भने वर्तमान व्यवस्थाको विकल्प खोज्नैपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved