एजेन्सी । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यान्चेष्टर युनाइटेडमा पनि ७ नम्बरकै जर्सी लगाउने भएका छन् । रोनाल्डो आउनुअघि म्यान्चेष्टर युनाइटेडमा काभानीले उक्त नम्बरको जर्सी लगाइरहेका थिए ।
उनको पुनरागमनसँगैँ काभानीले २१ नम्बरको जर्सी लगाउन मानेपछि इङ्ग्लिस प्रिमियर लिग सिजन २०२१/२२ मा रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने भएका हुन् ।
पूर्व युभेन्ट्स् तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो यसै सिजनदेखि आफ्नो पुरानो क्लब म्यान्चेष्टर युनाइटेडमा फर्किएका हुन् ।
१२ बर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका रोनाल्डोले आउँदो सेप्टेम्बर ११ मा न्यू क्यासल युनाइटेडसँग हुने खेलबाट पुनः रेड डेभिल्स् म्यान्यूमा डेब्यू गर्ने संभावना छ।
यसअघि सन् २००३ देखि २००९ सम्म म्यान्चेष्टर युनाइटेड बस्दा रोनाल्डोले १९६ खेलमा ८४ गोल गरेका थिए । जहाँबाट उनले तीन पटक प्रिमियर लिग र एक पटक च्याम्पियनस् लिगको उपाधि जितेका थिए।