तयार भयो चोभार सुक्खा बन्दरगाह

सञ्चालनका लागि प्राविधिक तयारी शुरु

नेपालभ्युज

तयार भयो चोभार सुक्खा बन्दरगाह

काठमाडौं। चीन र भारतबाट चल्ने रेल पूर्व पश्चिम रेलमार्गसँग काठमाडौँमा जोड्ने महत्वकांक्षी योजनासहित निर्माण गरिएको चोभार सुक्खा बन्दरगाह तयार भएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माण गरेकोमा आवश्यक प्राविधिक तयारी सकेर बन्दरगाह सञ्चालन गरिने समितिका निर्देशक युवक डंगोलले बताए।

सञ्चालनका लागि प्राविधिक तयारी शुरु गरिएको उनले जानकारी उनले दिए।

सरकारले २०६७ मा पहिले हिमाल सिमेन्टले उपभोग गरेको एक हजार ५४ रोपनी जग्गामा दुई सय २५ रोपनी जग्गामा सुक्खा बन्दरगाह र बाँकी आठ सय रोपनी जग्गामा प्रदर्शनी स्थल बनाउने निर्णय गरेको थियो। उक्त योजनाअन्तर्गत २०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खा बन्दरगाहको शिलान्यास गरेका थिए।

डेढ वर्षभित्र सम्पन्न गर्ने योजनाअनुरुप काम शुरु गरिएकोमा स्थानीयको विरोध र कोभिडले केही ढिलाइ भएको बताउँदै समितिका निर्देशक डंगोलले चाँडै भारतीय नाकाबाट आउने कन्टेनरलाई सोझै काठमाडौँमा जाँचपास गर्न शुरु गर्ने गरी भन्सार विभागलाई हस्तान्तरण गरिने बताए।

भविष्यमा भारतीय र चिनियाँ रेललाई काठमाडौँसँग जोड्ने सरकारको योजनाअनुरुप बन्दरगाह तयार गरिएको हो। उक्त बन्दरगाहमा एक सय ५० वटा गाडी र कम्तीमा ६ सय वटा कन्टेनर राख्न सकिने बताइएको छ।

भन्सार जाँचपास काठमाडौँमा गर्ने तयारी विभागले गरेकोमा चिनियाँ र भारतीय रेल ल्याएर पूर्व-पश्चिम रेलमार्गसँग जोड्ने महत्वकांक्षी योजना सकारको छ। तर, हालसम्म उत्तरी नाकासँग रेलमार्ग जोड्ने गरी कुनै प्रक्रिया अघि बढेको छैन।

भारतको  जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल चलाउने तयारी स्वरुप सरकारले दुई वटा रेल खरिद गरेकोमा सञ्चालन हुन सकेको छैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved