सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप

नेपालभ्युज

सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप

धनगढी। सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख बढी नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। प्रदेशका नौ जिल्लामा हालसम्म पहिलो मात्रा लगाउनेको संख्या ६ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका एक लाख ९५ हजार ३६१ व्यक्ति रहेका मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए। कञ्चनपुरमा एक लाख सात हजार १६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार ९४८, बझाङमा ४६ हजार ७२४, डोटीमा ४५ हजार ४२३, दार्चुलामा ३८ हजार ६५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार १८३ व्यक्तिले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन्।

प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाउने नागरिकको संख्या भने चार लाख रहेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार चार लाख एक हजार ३३ जनाले पूर्ण खोप लगाएका हुन्।

पूर्ण खोप लगाउनेको संख्यामा कैलाली सबैभन्दा अगाडि र बालुजा सबैभन्दा रहेको छ। कैलालीका एक लाख ५५ हजार ५१० ले जनाले पूर्ण खोप लगाएका छन्। यता, बाजुराका सात हजार २१३ जनाले मात्रै पूर्ण खोप लगाएका छन्।

कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ जनाले पूर्ण खोप पाएका छन्।

सुदूरपश्चिममा कोभिशिल्ड, एस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो। प्रदेशमा अलिहे पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved