दुई हजार बढी कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

नेपालभ्युज

दुई हजार बढी कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडाैं । नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १० हजार ६ सय ५८ पीसीआर परीक्षणका क्रममा एक हजार ६१९ जना र तीन हजार नाै सय ९२ एन्टिजेन परीक्षणका क्रममा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०८ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोनाका कारण १० हजार ७८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइसोलेसन र ३०२ जना क्वारेन्टाइनमा छन्। हालसम्म ३९ लाख ३६ हजार ४ सय १६ वटा पीसीआर र ४ लाख ७७ हजार २ सय ६० वटा एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved