‘बिग बोस’ सिजन १३ का विजेता शुक्लाको निधन

नेपालभ्युज

‘बिग बोस’ सिजन १३ का विजेता शुक्लाको निधन

अभिनेता तथा ‘बिग बोस सिजन १३’ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ।

भारतको मुम्बईस्थित कुपर अस्पतालमा हृयाघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अस्पतालले४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको छ।

भारतीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि खाएका शुक्ला बिहान बेहोस् अवस्थामा भेटिएका थिए।

उनी रियालिटी शो र सिरियलहरूमा निकै चर्चित बनेका थिए। ‘बालिका वधु’ नामक टेलिसिरियलबाट प्रसिद्धि कमाएका सिद्धार्थको ‘फ्यान फ्लोइङ’ निकै राम्रो थियो।

उनको निधनप्रति भारतीय कलाकारहरू गहिरो दुःख व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved