झलनाथ खनालको उपचार खर्चबारे १५ दिनभित्र लिखित जवाफ माग

नेपालभ्युज

झलनाथ खनालको उपचार खर्चबारे १५ दिनभित्र लिखित जवाफ माग

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको विदेशमा गरिएको उपचार खर्च दिने सरकारको निर्णयबारे सर्वोच्च अदालतले कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज (बुधबार) सरकारका नाममा कारण देखाऊ आदेश जारी १५ दिनभित्र लिखित जवाफ माग गरेको हो।

पूर्वप्रधानमन्त्री खनाललाई विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट उपलब्ध गराउनु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने उल्लेख गर्दै सरकारको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा यही भदौ १३ गते रिट निवदेन दायर गरेका थिए।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतमा मिर्गौला प्रत्यारोपण गर्न उपचारका लागि ३१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासले खनालको उपचारमा लागेको रकम भुक्तानी दिएको थियो। पूर्वप्रधानमन्त्री खनालले गत २ असारमा भारतको नयाँ दिल्ली गई एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।

मिर्गौला सफल प्रत्यारोपण गरी उनी केही दिनअघि स्वदेश फर्किएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved