चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति

नेपालभ्युज

चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति

काठमाडौं। सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, सीमा विज्ञ र सुरक्षाकर्मी संलग्न टोली गठन गर्ने निर्णय गरेको हो।

समितिमा नेपाल र सशस्त्र प्रहरी बलका अधिकारी सदस्य रहनेछन्। समितिले हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्लासम्मको स्थलगत अवस्था अध्ययन गरेर सरकारलाई प्रतिवेदन पेश गर्ने कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यससँगै बैठकले स्वीस सरकारको सहयोगमा दिगो तथा सम्मानीत रोजगारका लागि सीप परियोजना दोस्रो चरण कार्यान्वयनका लागि प्राप्त हुने १ अर्व ९३ करोड अनुदान सायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए। तत्कालीन माओवादी सेनाका घाइते, अपांग, लडाकुसहित विभिन्न आन्दोलनका घाइतेहरुका लागि पुनः स्थापना हेरचाह दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

साथै बैठकले तीन जना निजामति कर्मचारीको बढुवा गरेको छ। सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् भने उपसचिवद्धय कृष्णचन्द्र अर्याल र धनबहादुर ओली सहसचिवमा पदोन्नती भएका छन् ।

मन्त्री कार्कीका अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशकमा विश्वमोहन अधिकारीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved