थप २०५२ जनामा कोरोना संक्रमण, २० जनाको निधन

नेपालभ्युज

थप २०५२ जनामा कोरोना संक्रमण, २० जनाको निधन

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार १० हजार ६१२ जनाको पीसीआर विधिबाट र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट गरी पछिल्लो २४ घण्टामा १४ हजार ९३५ नमुना परीक्षण भएको हो।

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कोरोना संक्रमित मृतकको संख्या १० हजार ७७० पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ। जसमध्ये आइसीयूमा ५६३ र भेन्टिलेटरमा १७० जना संक्रमित उपचाररत रहेका प्रवक्ता डा. पौडेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved