काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार २२२ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ७८६ जना कोरोना संक्रमण्मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख १६ हजार ३०६ पुगेको छ।
त्यसैगरी, थप २० जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या १० हजार ७५० रहेको मन्त्रालयले जनाएको छ।
देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५३७ जना आइसीयूमा र १६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
Facebook Comment
Comment