एमाले विभाजनकाे असर : अल्पमतमा मुख्यमन्त्री शाक्य

नेपालभ्युज

एमाले विभाजनकाे असर : अल्पमतमा मुख्यमन्त्री शाक्य

काठमाडौं। नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)मा १२ सांसदले सनाखत गरेसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। मंगलबार प्रदेशसभाका १२ सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन्।

नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभामा रहेका १२ सांसदले सनाखत गरेपछि शाक्य प्रष्ट अल्पमतमा परेकी हुन्। एकीकृत समाजवादीले अझै एक सांसदले आफ्नो पक्षमा सनाखत गर्ने दाबीसमेत गरेको अवस्थामा नियुक्त भएको १३ दिनपछि शाक्य अल्पमतमा परेकी हुन्।

शाक्य गत भदौ २ गते प्रदेशसभामा बहुमतप्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन्। सोही दिन नेकपा एमालेको प्रदेशसभा दलको नेता बनेकी शाक्य संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमतसहित नेपालको पहिलो मुख्यमन्त्री बन्न सफल भएकी थिइन्।

तर, एमालेको तर्फबाट बागमती प्रदेशसभामा रहेका सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, रमा आलेमगर, लक्ष्मण लम्साल, वसन्त मानन्धर, वसुन्धरा हुमागाईं, माधव पौडेल र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन्।

एमालेका अर्का सांसद तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण खनाल पनि समाजवादीमा लागेसँगै शाक्य थप संकटमा परेकी छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा विभाजनअघि सत्तारुढ एमालेसँग ५६ जना सांसद थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved