सरकार गठन

मन्त्रालय भागबण्डामा जुटे सत्तारुढ दल

नेपालभ्युज

मन्त्रालय भागबण्डामा जुटे सत्तारुढ दल
फाइल फाेटाे

काठमाडौं। सरकार गठन भएको डेढ महिनापछि मन्त्रालय टुङ्ग्याउन र सरकारलाई पूर्णता दिनका लागि सत्तारुढ दलहरु जुटेका छन्। लगातार छलफलमा जुटेका गठबन्धनका दलहरुबीच आज मंगलबार पनि बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरु लगातार छलफलमा जुटेका हुन्। आजको छलफलले मन्त्रिमण्डल भागबण्डा टुङ्ग्याउने बताइएको छ।

आजको बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य बेदुराम भुसाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी छन्।

आजको बैठकले २५ सदस्यीय मन्त्रिपरिषदमा कुन दलले कति संख्यामा मन्त्रालय लिने भन्ने विषयलाई टुङ्ग्याउने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved