युरोपियन फिल्म फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा दयाहाङ राई

नेपालभ्युज

युरोपियन फिल्म फेस्टिभलको ब्राण्ड एम्बेस्डरमा दयाहाङ राई

काठमाडौं। अभिनेता दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्। आयोजक यूरोपियन यूनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो।

कलाकार/अभिनेता दयाहाङ राई नेपाल–इयू चलचित्र महोत्सव (नियुफ्) का लागि (ब्राण्ड) एम्बेस्डर अथवा दूत भएकोमा गर्व महसूस भएको र उनले चलचित्र महोत्वस अवधिभर विभिन्न संस्कृतिहरूबीचको (सजीव) सम्वाद तथा विश्वका लागि डेलिगेसनले अघि सारेका परिकल्पनालाई पूर्ण रूपमा साकार तुल्याउनेमा विश्वास लिएको जनाएको छ।

“यस चलचित्रले युरोपेली र नेपाली चलचित्रहरू तथा पर्यावरणीय चुनौती तथा जलवायु परिवर्तनसँग सम्बन्धित यस क्षेत्रका चलचित्रहरूलाई तपाईंहरू सामु ल्याउने छ,” डेलिगेसनले जनाएको छ।

यसैगरी डेलिगेसनले युरोपियन युनियनको साइटमा लग इन गरेर चलचित्रमार्फत युरोप र नेपालको सांस्कृतिक मिलनलाई हेर्न तथा त्यसको आनन्द लिन सकिने पनि जनाएको छ।

“फेस्टिभलको साइटमा लग इन गरे पछि सजिलोसँग चलचित्रमा समावेश भएका चलचित्र सजिलोसँग हेर्न सकिन्छ। हाम्रा सामाजिक सञ्जालबाट महोत्सवको साइटको ठेगाना चाँडै नै प्राप्त गर्न सक्नुहुने छ”, डेलिगेसनले भनेको छ। चलचित्रहरू निःशुल्क हेर्न सकिन्छ।

दयाहाङ राईले पनि फेस्टिभलसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन्। महामारीका कारण फिल्मका सार्थक गतिविधि ठप्प भएको समयमा भर्चुअल रूपमै भए पनि हुने फेस्टिभलले फिल्मकर्मीमा ऊर्जा सञ्चार गर्ने यनले बताए।

“महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो। अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुने रै’छन्, यसले झनै उत्साहित तुल्याएको छ,” उनले भने, ” यो फेस्टिभल आफैंमा सांस्कृतिक आदान-प्रदानजस्तो हो। यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ।”

नेपाल युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो। फेस्टिभल आउँदो १ असोजदेखि ९ गतेसम्म भर्चुअल रूपमा चल्नेछ।

योसँगै महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैंगिक समानताबारे लघु चलचित्र प्रतियोगिताका विजेता घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तक्रिया र गोष्ठी पनि सञ्चालन हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved