कोरोनाविरुद्ध खोपको दुरुपयोग : छानीछानी आफ्ना मान्छेलाई

नेपालभ्युज

कोरोनाविरुद्ध खोपको दुरुपयोग : छानीछानी आफ्ना मान्छेलाई
फाइल तस्वीर

अर्घाखाँची। शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोना भाइरसविरुद्धको खोप दुरुपयोग भइरहेको छ।

शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफुखुशी खोप लगाउन निर्देशन दिने गरेका छन्। शितगंगा नगरपालिकामा पहिलो डोज लगाएर लामो समयसम्म दोस्रो नपाएकालाईसमेत खोपको व्यवस्थापनमा ढिलाइ गरिएको थियो।

शितगंगा नगरपालिका-४ का नारायणसिंह बेल्बासेले पहिलो खोप पहिलो चरणमै लगाएका थिए। तर, उनीसँग लगाएका अन्यले दोस्रो डोज लगाइसक्दा नारायणसिंहले भने दोस्रो डोज पाएका छैनन्।

खोप आएको बेला अस्पतालमा पुग्दा लक्षित समूहभन्दा बाहिरका धेरैलाई बोलाउँदै खोप लगाइदिए पनि आफूलाई नलगाइदिएको उनको गुनासो छ।

पटक–पटक गर्दा पनि दोस्रो डोज खोप नपाएपछि नारायणसिंहले तौलिहवा पुगेर लगाएको बताए।

यस्तै शितगंगा नगरपालिका-२ का विकास घिमिरेले मासु पलाएको अप्रेशन गर्न खोप अनिवार्य भएपछि पटक–पटक धाउँदा पनि खोप पाएनन्। तर, स्वास्थ्य शाखाका कर्मचारीले नगर बाहिरबाटसमेत आफ्ना मान्छे बोलाएर खोप लगाउने गरेको आरोप छ।

शितगंगा नगरपालिकाका जनस्वास्थ्य अधिकृत नमनारायण बेल्बासेले रुपन्देही नयाँ गाउँनिवासी केही व्यक्तिलाई स्वास्थ कार्यालयमै बोलाएर खोप लगाइदिएका हुन्।

खोप लगाउनका रुपन्देहीबाट गाडी रिर्जभ गरेर आएका थिए।

चिकित्सकको सिफरिसमा आफूहरू खोप लगाउन आएको रुपन्देहीबाट आएका एक जनाले बताए। उनीहरूमध्ये एकजना केही दिनमै विदेश जान खोप लगाउन आएको बताए।

तर, उनीहरूको साथमा न भिसा थियो न त कुनै कागजात नै। तर, उनीहरूलाई खोप लगाउँदा दर्तासमेत नगर्न स्वास्थ्य शाखाका प्रमुख बेल्बासेले निर्देशन दिएका अस्पतालका स्वास्थकर्मीले बताए।

खोप लगाएर फर्किएकाको विवरण माग्दा अस्पतालले उनीहरूको कुनै विवरण नराखेको पाइएको हो। खोप लगाउने व्यक्तिको नामसहित विवरण राख्नुपर्ने हुन्छ। तर, त्यस्तो देखिएन। पालिकाभित्रकालाई खोप नदिएर बाहिरकालाई बोलाएर लगाइदिएका कारण विवरण नराखिएको हो।

तर, केही दिनअघि शितगंगा ४ जोगिनिकोटका बसन्त सुनारले राहदानी बोकेर दिनभर बस्दा पनि त्यहाँबाट खोप पाएनन्। आफ्नै नगरवासीलाई खोप नदिएका पालिकाले बाहिरका व्यक्तिलाई बोलाएर खोप लगाइदिएको हो।

शितगंगा नगरपालिकामा अहिलेसम्म सात हजार चार सय ५६ जनाले पहिलो डोज लगाएका छन् भने दुवै खोप लगाउनेको सख्या पाँच हजार दुई सय ७३ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved