विमलेन्द्रको दाबी : कांग्रेसले मेरो नेतृत्वमा बहुमत ल्याउँछ

नेपालभ्युज

विमलेन्द्रको दाबी : कांग्रेसले मेरो नेतृत्वमा बहुमत ल्याउँछ

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू पार्टी सभापतिमा निर्वाचित भए आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउने बताएका छन्।

काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय शुरुआत गर्दै निधिले यस्तो बताएका हुन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले चुनावी तयारीका लागि सम्पर्क कार्यालय खोलेका हुन्। सोही कार्यालय शुरुआत गर्ने औपचारिक कार्यक्रममा निधिले आफू महाधिवेशनमार्फत सभापतिमा निर्वाचित हुने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउने बाचा गरे।

आफू सभापति बने पार्टीको बहुमत निश्चित रहेको निधिले बताए।

आफू नेपाली कांग्रेसको सभापति हुने कुरा आगामी आम चुनावसँग जोडिएको भन्दै ‘रूख छाप’लाई बहुमत प्राप्त गराउन सबैलाई समेटेर भूमिकामा उत्रिने निधिले घोषणा गरे।

उनले भने, “म कसैलाई हराउन सभापति बन्न खोजेको होइन। अर्को चुनावमा रूख छापलाई जिताउन हामी सफल हुनेछौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved