प्रधानन्यायाधीश जबराले छाडे संवैधानिक इजलास

नेपालभ्युज

प्रधानन्यायाधीश जबराले छाडे संवैधानिक इजलास

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास छाड्ने भएका छन्। संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश जबरा बाहिरिने भएका हुन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिना नै संवैधानिक नियुक्तिका लागि सिफारिस गरेको थियो।

तत्कालीन सरकारको सिफारिसमा भएका नियुक्तिहरु बदर गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा संवैधानिक नियुक्तिका विरुद्धमा रिट परेको थियो। रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले इजलासमा प्रधानन्यायाधीश बस्न नमिल्ने भन्दै आपत्ति जनाएका थिए।

रिट निवेदक अर्यालले संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीश जबरा पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved