काठमाडाैं। नेकपा एमालेका नेता तथा प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले आफूले पार्टीको तेजिलो गतिका लागि परिस्थितिको मागअनुसार मुख्यमन्त्री पद त्यागेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत नयाँ मुख्यमन्त्री बनेका भीम आचार्यलाई बधाई दिँदै राईले आफूले पार्टी एकता कायम राख्दै तेजिलो गति दिनका लागि आफूले त्याग गरेको बताएका छन्।
बिहीबार मात्रै संसदीय दलको नेता र मुख्यमन्त्री पद दुवै एमाले सचिव तथा प्रदेश १ का प्रदेश सांसद आचार्यलाई बुझाएका राईले आफूले देश र पार्टीको हितका लागि सहज रुपमा पद हस्तान्तरण गरेका बताए।
आफूले मुख्यमन्त्री पद त्याग गरेर आचार्यलाई मुख्यमन्त्री बनाएसँगै पार्टीभित्र भएको १० बुँदे सहमति कार्यान्वयनमा गएको राईले बताए। उनले नवनियुक्त मुख्यमन्त्री आचार्यलाई सफल कार्यकालको लागि शुभकामना दिएका छन्।
Facebook Comment
Comment