काठमाडौं । काठमाडाैं महानगरपालिकाले भोलि (भदौ १० गते) देखि कोरोना भाइरसविरुद्ध भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ।
बुधबार सूचना जारी महानगरले भेरोसेल खोपको पहिलो मात्रा बिहीबारदेखि लगाइने र पहिलो मात्रा लगाएको २१ दिन पूरा भएकालाई भदौ ११ देखि १३ गतेसम्म दोस्रो मात्रा दिन लागिएको जनाएको छ।
महानगरपालिकाको ३२ वटै वडाबाट बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउन सकिनेछ। खोपको पहिलो मात्रा लगाउन आफ्नो परिचय खुल्ने कागजातसहित वडास्थित खोप केन्द्रमा जान महानगरले आग्रह गरेको छ।
पहिलो मात्राको खोप ४० वर्षभन्दा माथिका नागरिक,र १८ वर्ष पूरा गरेका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र विश्वविद्यालय तहको परीक्षार्थीहरूलाई दिने भएको हो। परीक्षार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने व्यवस्था गरेको महानगरले जनाएको छ।

Facebook Comment
Comment