दल सनाखतका लागि निर्वाचन आयोगमा माधव नेपाल (फोटो फिचर)

नेपालभ्युज

दल सनाखतका लागि निर्वाचन आयोगमा माधव नेपाल (फोटो फिचर)

काठमाडाैं । नेकपा एमालेबाट छुट्टिएर माधव नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएकाहरू दल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्।

पार्टीका अध्यक्ष नेपाललगायत नेताहरू आयोग पुगेका छन्। आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरूले केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याउन खोजेका छन्।

दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved