१२ को परीक्षा होम सेन्टर राखी भाैतिक रूपमै सञ्चालन गर्न निर्देशन

नेपालभ्युज

१२ को परीक्षा होम सेन्टर राखी भाैतिक रूपमै सञ्चालन गर्न निर्देशन

काठमाडाैं । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर गरेकाले खोपको व्यवस्थापन गर्दै परीक्षा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिको आज बसेको बैठक निर्देश गरेको हो

समितिले कोभिडका कारण कलेजमा अरू क्रियाकलाप नभएकाले इञ्जिनियरिङ कलेजले पढाइ शुल्कबाहेक अरू नलिने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ।

अरू तहका परीक्षा सञ्चालन भइरहेको अवस्थामा १२ कक्षाको मात्रै पटक–पटक स्थगित भएको भन्दै समितिले सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल गर्दै आएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले ‘होम सेन्टर’ मा नै परीक्षा गराउने तयारी गरे पनि सीसीएमसीको निर्णयका कारण स्थगित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved