पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको धर्ना

नेपाल भ्यूज

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस जिल्ला सभापतिहरूको धर्ना

काठमाडौं । नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरू पार्टी मुख्यालय सानेपामा धर्नामा बसेका छन्।

क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम । रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग गरेका छन्।

कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले यस्तो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको पार्टी नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए। धर्नामा पार्टीका केन्द्रीय नेताहरू अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाएका थिए।

यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागबारे जानकारी गराएका थिए।

यसैबीच सोमबार राति कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याई अन्तिम रूप दिएको छ। क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ।

सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै सो प्रतिवेदन पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ।

सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँरनगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पुर्‍याइसक्ने पनि समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गाउँरनगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved