सभामुख सापकोटाको दाँतको सर्जरी

नेपालभ्युज

सभामुख सापकोटाको दाँतको सर्जरी
उपचार वीर अस्पतालमा सभामुख सापकोटाको दाँतको अपरेशन गरिँदै । तस्बिर, सभामुखको निजी सचिवालय

काठमाडौं । सभामुख अग्नि सापकोटाको दाँतको अपरेशन गरिएको छ। मंगलबार वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो।
सापकोटाको दायाँपट्टिको तल्लो भागको एउटा दाँत निकालिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकको टोलीले सर्जरी गरेका उनले बताए। दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको सापकोटाको निजी सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved