भीम आचार्यको प्रष्टीकरण : कोही नेतासँग मुख्यमन्त्री मागेको छैन

नेपालभ्युज

भीम आचार्यको प्रष्टीकरण : कोही नेतासँग मुख्यमन्त्री मागेको छैन

काठमाडाैं। नेकपा एमालेका सचिव तथा प्रदेश १ का प्रदेश सांसद भीम आचार्यले आफूले कुनै नेतासँग सरकार गठन र मुख्यमन्त्रीका विषयमा छलफल नगरेको प्रष्ट पारेका छन्। आचार्यले सामाजिक सञ्जालमार्फत आफूले पदका विषयमा कोही नेतासँग कुरा नगरेको बताएका हुन्।

आचार्यले माधव नेपाललाई भेटेर प्रदेश १ मा मुख्यमन्त्री बन्नका लागि सघाउन आग्रह गरेको भन्दै केही मिडियामा सामाचार आएको विषयमा सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका हुन्। उनले आफूले पदका विषयमा कुनै नेतासँग कुरा नगरेको बताए।

आचार्यले पार्टी एकता जोगाउनका लागि विभिन्न नेताहरुसँग भेटवार्ता निरन्तर जारी रहेको भन्दै कोही नेतालाई भेटेर आफूले पदको माग नगरेको प्रष्ट पारेका हुन्। उनले अनर्गल प्रचाका पछि नलाग्न पनि सबैलाई आग्रह गरेका छन्।

आचार्य लेख्छन्, ‘कुनै भेटको क्रममा कोही नेतासँग कुनै सरकार निर्माण र मुख्यमन्त्री सम्बन्धी विषयमा कुराकानी नभएको जानकारी गराउँदछु। साथै यस सम्बन्धमा गरिएका अनर्गल प्रचारका पछि कसैलाई पनि नलाग्न आग्रह गर्दछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved