जोखिममा ३४ घर

नेपालभ्युज

जोखिममा ३४ घर
फाइल तस्बिर

काठमाडौ । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा छन्। खैरेका २७ र छाँयालीका सात घर जोखिम सूचीमा छन्। स्थानीय कान्छामान दोङका अनुसार गत वर्षदेखि पहिरो गएको ठाउँमा यसपटक पनि पहिरो दोहोरिएको हो।

निरन्तर पहिरो खस्न थालेपछि स्थानीय त्रासमा रहेका उनले बताए। समस्याबारे पटक–पटक वडाका प्राविधिकलाई जानकारी गम्भीर चासो नलिइएको स्थानीयको गुनासो छ। मेलम्ची नगर–८का वडाध्यक्ष ठकराज गिरीले स्थानीयलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए। यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई घटनाबारे जानकारी गराउँदै बस्तीको अनुगमन गर्न विज्ञलाई ध्यानाकर्षण गराइए पनि सुनुवाई नभएको उनको भनाइ छ।

वडाध्यक्ष गिरीले तत्काल अस्थायी बसोबासको व्यवस्थाका लागि पहल भइरहेको बताए। यसैबीच मेलम्ची नगरपालिका–६ नेपाने बगरटोलका पहिरो प्रभावित १७ परिवारलाई राहत वितरण गरिएको छ। स्थानीय भीमसेन थापाको आग्रहमा मेलम्ची–४ थकनी निवासी एवं हाल इटालीमा रहेका रवीन्द्र अर्यालमार्फत प्राप्त एक लाख रुपैयाँमार्फत राहत प्रदान गरिएको हो। घरवारविहीन, आर्थिक अवस्था कमजोर भएका र परिवार संख्या आधारमा नगर प्रमुख डम्बर अर्यालले राहत हस्तान्तरण गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved