विमला वली र अजय शाहीलाई कारबाही गर्न मिल्दैन : लुम्बिनी प्रदेशसभा सचिवालय

नेपालभ्युज

विमला वली र अजय शाहीलाई कारबाही गर्न मिल्दैन : लुम्बिनी प्रदेशसभा सचिवालय

काठमाडाैं। नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने लुम्बिनी प्रदेश सभा सचिवालयले बताएको छ।

एमालेले सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएको थियो। सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको व्यहोराको पत्र पठाएको हो।

प्रदेश सभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनुसूची ६ अनुसार व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको व्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ।

पत्रमा अजय शाही स्वतन्त्र समूहबाट चुनावमा सहभागी भएको र व्यक्तिगत विवरण पनि स्वतन्त्र समूहको तर्फबाट नै रहेको उल्लेख छ। नेकपाको तर्फबाट निर्वाचित विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफू कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गरेकी छन्।

आफूले कारबाहीको विवरण पठाए पनि सचिवालयले उनीहरूलाई पदमुक्त नगरेको भन्दै एमालेले दुई दिनसम्म प्रदेश सभा बैठकमा अवरोध गरेको थियो। यी दुई सांसदलाई कारबाहीस्वरुप पदमुक्त गर्न लुम्बिनी नेकपा एमालेले एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको थियो। शाही प्रदेश सरकारका बिनाविभागीय मन्त्री थिए।

एमालेको ‘सूर्य’ चिह्न लिएर निर्वाचित शाही र ओलीले पार्टी र संसदीय दलको विधान नियम र निर्देशनविपरीत गतिविधि गरेको आरोप एमाले संसदीय दलका मुख्यसचेतक भूमीश्वर ढकालले लगाएका थिए।

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं १ ख बाट ‘सूर्य’ चिह्न लिएर निर्वाचित भएका थिए भने वली एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved